जेन-जीको आक्रमणमा घाइते देउवाको गर्दनमाथि १२ टाँका

काठमाडाैं | असोज ३, २०८२

जेन-जीको आक्रमणमा घाइते देउवाको गर्दनमाथि १२ टाँका FILED PHOTO

काठमाडौं:  गत भदौ २४ गते जेन-जी आन्दोलनकारीका नाममा निजी निवास बूढानीलकण्ठमा कुटिएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको टाउको पछाडिको भागमा १२ टाँका लगाएर सिलाउनुपरेको खुलेको छ।


हाल सैनिक अस्पतालमा उपचाररत देउवालाई निवासभित्र छिरेका आन्दोलनकारीले लछारपछार पार्दै आक्रमण गरेका थिए ।


आक्रमणका क्रममा देउवालाई पछाडिबाट धारिलो हतियारले हानिएको खुलेको छ।


नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको शुक्रबार सानेपामा बसेको बैठकपछि पार्टी प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले यसबारे जानकारी दिएका हुन् ।


‘आजको बैठक पार्टी सभापति शेरबहादुर देउवा र केन्द्रीय सदस्य आरजु राणामाथिको अमानवीय र बर्बर भौतिक आक्रमणको कडा निन्दा गरेको छ’, उनले भने, ‘साथै उहाँहरूको घरमा गरिएको आगजनीको पनि भर्त्सना गरेको छ। बैठक सुरू हुनुअघि नै उपसभापति पूर्णबहादुर खड्काले दुवैको स्वास्थ्य सुधार भइरहेको ब्रिफिङ गर्नु भयो ।’


देउवाको गर्धनभन्दामाथि र तल लागेको चोट गहिरो भएकाले सुरूमा आत्तिनपुरेको विश्वकर्माले बताए । ‘हामी सुरूमा अत्तालिएका छौँ । तर अहिले दुवैजनाको सुधार भएको छ’, विश्वकर्माले भने ।


उनका अनुसार देउवाको टाउकोको पछाडि गर्धनभन्दा माथि गहिरो चोट लागेको छ । उक्त घाउमा १२ वटा टाँका लगाएर सिलाउनुपरेको विश्वकर्माले बताए । विश्वकर्माका अनुसार जेन(जीका नाममा छिरेका अराजक समूहले देउवा दम्पतीलाई कुटपिटसहित लछारपछार पनि गरेका थिए ।


‘गर्धनमुनि पनि चोट लागेको छ । उपचार जारी छ । सभापति देउवा अहिले हिँडडुल गर्ने, फोन गर्ने गर्दै हुनुहुन्छ । पार्टीसँग सम्पर्कमै हुनुहुन्छ’, उनले भने, ‘तर डाक्टरको परामर्शले उहाँलाई अस्पतालमै राखिएको छ। उठ्दा चक्कर लाग्ने समस्या छ । बोल्दा गाह्रो भएको छ। डाक्टरले अझै केही दिन राखौँ भन्नु भएको छ।’


विश्वकर्माकाअनुसार देउवालाई डाक्टरले धारिलो हतियारले हानेको बताएका छन् । ‘सभापतिमाथि आक्रमणका क्रममा रेन्च, मार्तल र ह्यामरहरू प्रयोग गरिएको देखिएका छन्’, उनले भने, ‘चोट गहिरो भएकाले सिलाउनुपरेको हो । अहिले सैनिक अस्पतालमा उपचाररत हुनु हुन्छ । चाँडै निको हुने विश्वास हामीलाई छ।’

कास्की ।    पोखराको चिप्लेढुङ्गामा सञ्चालित सफल निरमाया दोहोरी साँझ एण्ड रेष्टुरेन्टले २२ औं वार्षिकोत्सवको अवसरमा विशेष सांगीतिक कार्यक्रम २०८३’ आयोजना गर्ने भएको छ ।   भोलिदेखि (अस...

थप पढ्नुहोस्

भेनेजुएलामा भूकम्पमा परी मृत्यु हुनेको संख्या ९२० पुगेको छ।   गत बुधबार राति ७.२ र ७.५ म्याग्नेच्युडको शक्तिशाली भूकम्प जाँदा मृत्यु हुनेको संख्या शनिबारसम्म ९२० पुगेको अन्तर्राष्ट्रिय समाचार संस्था एसो...

थप पढ्नुहोस्

काठमाडौँ ।  नेपाल सरकारले साउदी अरबले कार्यान्वयन गर्न लागेको नेपाली श्रमिकको सीप प्रमाणीकरण (एसभीएफ) प्रक्रियालाई तत्काल स्थगन गर्न साउदी सरकारसँग आग्रह गरेको छ।   उक्त प्रक्रियाका कारण नेप...

थप पढ्नुहोस्